चितवनको भरतपुरमा एक पुरुषले श्रीमतीमाथि खुकुरी प्रहार गरेर भाग्दा छतबाट झरेर ज्यान गुमाएका छन् । त्यस्तै श्रीमतीको पनि ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार राति करिब साढे १० बजे भरतपुर महानगरपालिका वडा नम्बर १० रमाईलो चोक बस्ने बर्ष ४३ को कृष्णप्रसाद आचार्यले श्रीमतीमाथि खुकुरी प्रहार गरेका थिए । त्यसपछि भाग्ने क्रममा आचार्य घरको ३ तलामाथिबाट झरेका न्युज२४ले उल्लेख गरेको छ ।
घरायसी बिबाद हुँदा आफ्नै श्रीमती अन्दाजी बर्ष ३५ की रुष्मा आचार्य घिमिरेलाई खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
आफ्नै घरको तीन तलामाथि रहेको बैठक कोठामा खुकुरी प्रहार गरी गम्भीर घाइते भएकी घिमिरेको उपचारका क्रममा राति करिब ११ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै खुकुरी प्रहार गर्ने श्रीमान कृष्ण प्रसाद ३ तला माथिबाट हामफालेर भाग्न खोज्दा गम्भीर घाईते भएकोमा उनको पनि उपचारकै क्रममा राति ११ बजे नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।
उनीहरुको फरक-फरक अस्पतालमा तर एकै समयमा मृत्यु भएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। News24
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ