मङ्लबार, बैशाख १, २०८३

हेटौडाकी मेयरको सम्पति: १५ तोला सुन, एउटा ट्यांकर


कान्तिपथ


गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गर्नुभएको छ । ५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहनुभएकी लामाले सार्वजनिक गर्नुभएको सम्पती विवरणमा १५ तोला सुन, २० तोला चाँदी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ ।

नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार रुपियाँ कृषि विकास बैकमा रहेको जनाउनुभएको छ । सार्वजनिक सम्पती विवरणमा अन्य कुनै कारोबारमा आफू संलग्न नभएको जनाएकी गराइएको छ ।

उहाँले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नाममा हेटौंडा–१, चाइनाक्वार्टरमा ११ धुर र ११ रोपनी जमिन, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर जमिन रहेको उल्लेख छ ।

पति सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण छ भने ४० लाख बराबरको ट्यांकर, छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत