शुक्रबार, चैत्र २७, २०८२

५ दिने जापान भ्रमणमा जाँदै प्रचण्ड


कान्तिपथ


सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिन लामो भ्रमणका लागि जापान जाने भएका छन्। नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन प्रचण्ड आगामी साउन २१ गते जापान जान लागेका हुन्।

उनको सचिवालयका अनुसार भ्रमण दलमा प्रचण्डसहित चारजना हुनेछन्। सचिवालयका अनुसार भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् ।

उनले जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन्। उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ।

त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन्। त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत