अपहरण गरेर सात लाख रुपैयाँ फिरौती माग्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। दैलेखका २७ बर्षीय केशवकुमार विकलाई अपहरण गरी सात लाख मागेको आरोपमा दाङको तुलसीपुरबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।
हनी ट्रयापमा पार्दै बोलाएर विकलाई दाङ तुलसीपुरस्थित सल्यान रोडमा रहेको युवम होटलमा बन्धक बनाइएको थियो। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याल नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलीले विकको उद्धार गरेको हो।
पक्राउ पर्नेमा पर्नेमा लीला विक, नेवबहादुर घर्ती, निर्मला विक, सुकलाल विक, मनोज थारु र जनक कुँवर रहेका छन् ।पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने तयारी गरेको छ।
दाङका युवाले बुटवलमा बोलाएर एक महिलासँग होटलमा भेट गराएलगत्तै विकलाई अपहरण गरेर तुलसीपुर ल्याइपुर्याएका थिए। सात लाख नदिए ज्यान मार्ने धम्की दिएर युवकलाई होटलमा बन्धक बनाएर राखेको खबर पाएलगत्तै प्रहरीले मंगलबार दिउँसो साढे ४ बजे होटलमा छापा मारेको थियो। तुलसीपुर प्रहरीलाई दैलेखबाट पीडितकी श्रीमतीले खबर गरेकी थिइन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ