सोमवार, चैत्र ३०, २०८२

फर्निचर मेला आयोजना हुने


कान्तिपथ



भदौको अन्तिम सातादेखि काठमाडौँको भृकुटीमण्डपमा आठौँ फर्निचर तथा फर्निसिङ मेला–२०७९ को आयोजना हुने भएको छ ।

दुई वर्षसम्म आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म नेपाल फर्निचर तथा फर्निसिङ सङ्घको आयोजना तथा इभेन्ट सोलुसन प्रालीको व्यवस्थापनमा आयोजना हुन लागेको हो ।

पाँच दिनसम्म चल्ने मेलामा एक सय २० भन्दा बढी कक्ष रहनेछन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इन्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा मुख्य आकर्षण रहनेछन् ।

मेलामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका प्रदर्शकको सहभागिता रहनेछ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।

एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालीका अनुसार एक्स्पोमा सहभागी हुनका लागि बुकिङ खुला गरिएको छ । साउन २३ गतेसम्ममा कक्ष बुकिङ गर्नेलाई कूल लागतमा १० प्रतिशत छुटको व्यवस्था गरिएको इभेन्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत