शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • ५ करोड भ्रष्टाचारको आरोपमा डा. चौरासियासँग स्वास्थ्यमन्त्रीले सोधे स्पष्टीकरण

५ करोड भ्रष्टाचारको आरोपमा डा. चौरासियासँग स्वास्थ्यमन्त्रीले सोधे स्पष्टीकरण


कान्तिपथ


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियासँग स्पष्टीकरण सोधेका छन् । औषधि उपकरण खरिदमा आर्थिक अनियमितताको आरोप लागेका डा. चौरासियासँग उनले स्पष्टीकरण सोधेका हुन् ।

स्वास्थ्य मन्त्रालयमै उपस्थित गराएर डा. चौरासियालाई अनियमितता प्रकरणबारे जवाफ मागेका थिए । स्वास्थ्य राज्यमन्त्री केसीले औषधि उपकरण खरिदमा मनलाग्दी नगर्न निर्देशन दिएका छन् ।

स्वास्थ्य राज्यमन्त्री केसीले डा. चौरासियामाथि १० अर्बको ओषधि–उपकरण खरिदमा अनियमितता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको आरोप लागेको विषयमा जवाफ माग गरेका थिए ।

१० अर्बको औषधि उपकरणहरू खरिदमा व्यापक अनियमिता गरेको, ५० लाख रुपैयाँको लेनदेनमा सरुवा गरेको, पाँच करोड भन्दा बढी घुस लिएको, लुम्बिनी र हस्पिटेक इन्टरप्राइजेसलाई ८० प्रतिशत ठेक्का अनियमित तरिकाले दिएको, ०.५ प्रतिशत कमिसन आफूलाई भनेर लिने गरेको समाचार प्रकाशित भएपछि स्पष्टीकरण सोधिएको राज्यमन्त्रीको ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत