सोमवार, चैत्र ३०, २०८२

फस्टाउन सकेनन् घरेलु उद्योग


कान्तिपथ


थोरै पूँजी लगानीबाट सञ्चालन हुने घरेलु तथा लघु उद्योग यहाँ फस्टाउन सकेका छैनन् । कच्चा पदार्थको अभाव, खुला सिमाना, सरकारी निकायको कम चासो, प्रशिक्षणको कमीलगायत कारण उद्योगको अवस्था दिन प्रतिदिन प्रतिकूल हुँदै गएको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अनुसार नेपाल–भारत खुला सिमानाका कारण भारतबाट आयात हुने सामग्रीसँग प्रतिस्पर्धा गर्न नसक्नु, उपभोक्ता भारतीय बजारप्रति आकर्षित हुनु र उत्पादित सामग्री भारतलगायत तेस्रो मुलुकमा निर्यात गर्न नसक्नुले पनि उद्योग क्रमशः बन्द हुने अवस्थामा पुगेको हो । जिल्लामा सञ्चालित करिव ३०० भन्दा बढी साना तथा मझौला एवं लघुउद्योग सङ्कटमा पर्दै गएको महासङ्घले जनाएको छ । करिब रु एकदेखि तीन लाखसम्म लगानी रहेको साना उद्योगबाट उत्पादित वस्तुले बजार सङ्कटको अवस्था झेल्दै आएको महासङ्घका पूर्वअध्यक्ष जीवनाथ सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो“जिल्लामा सञ्चालित सर्वत, दालमोठ, मैनबत्ती, ढकिया, सजावटका सामग्री, हस्तकला र निर्माण सामग्रीलगायत उद्योग जेनतेन सञ्चालन हुँदैआएका छन् । ”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत