शुक्रबार, बैशाख ४, २०८३

नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्द गर्ने मन्त्री राईको चेतावनी


कान्तिपथ


भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार प्रतिनधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको भन्दै एकपटक पुनः निर्देशन गर्ने र नमाने ठेक्का रद्द गर्ने चेतावनी दिएका हुन् ।

उनले आयोजनाको ठेक्का रद्द गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धिमूलक निर्माण हुन नसके ठेक्का तोड्ने बताए । राईले सडक विभागका महानिर्देशक र सचिवलाई सांसदहरूले चासो राखेर जिज्ञासा गरेका आयोजनाको तत्काल समाधान गर्नपनि निर्देशन दिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत