दोलखामा हालै निर्माण सम्पन्न राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत आयोजना (४५६ मेगावाट) को कवाडी सामान रातिराति चोरी गर्ने गिरोह नै सक्रिय रहेको पाईएको छ।
कवाडी सामान चोरेर लैजाने क्रममा स्थानीयले सिङ्गटी बजारमा दुई वटा गाडी नियन्त्रणमा लिएका छन् । जफत हुनेमा न. प्र. ०३-००१ क २०६४ र मधेस प्रदेस ०३-००१ क २२०० नम्बरको गाडी रहेका छन्।
पुरानै पत्र संख्या नम्बर, पुरानै चलानी नम्बर र पुरानै मिति भएको जिल्ला प्रशासन कार्यालय र जलविद्युत आयोजनाको पुरानै पत्र देखाउँदै आयोजनाको कवाडी सामान लाने गरेको पाइएकाे हाे । काम सकिएपछि आयोजनाका कवाडीमा राजनीतिक दल तथा प्रशासनिक आँखा लागेपछि स्थानीयबासी चिन्तित छन् । यो भन्दा अगाडी पनि स्थानीयले ८ गाडी इलेक्ट्रिकल प्यानल, ट्रान्सफरमर, स्टिल पाइप, र आल्मुनियम पाइप रोकेका थिए ।
आयोजनाको कवाडी सामानमा विभिन्न समूहको आँखा लाग्दा आयोजनाको सिभिल संरचना निर्माण गरेको चीनियाँ ठेकेदार कम्पनी सिनो हाईड्रो मर्कामा परेको छ ।
तामाकोशी सफाईको नाममा कवाडी हत्याउने उद्देश्यका साथ जानकी हार्डवेयरले विभिन्न सरकारी निकायहरुबाट तामाकोशी सफाइ गर्न अनुमती लिए पनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले आयोजना सम्पन्न भएपछि आफैले कवाडी ब्यवस्थापन गरी कानुन बमोजिम लिलामी गर्ने बताएपछि तथा स्थानीयले समेत विरोध गरेपछि कवडी हत्याउने समूहको योजना विफल हुँदै गएको छ ।



देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ