शुक्रबार, बैशाख ४, २०८३

निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटीको निकासी धेरै


कान्तिपथ



दाङबाट निकासी हुने जुडीबुटीमा राष्ट्रिय वन क्षेत्रको तुलनामा निजी वन आवादी वन क्षेत्रबाट अत्यधिक रहेको पाइएको छ ।

जडीबुटीको कूल निकासीको ८२ प्रतिशत हिस्सा निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटी रहेको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।

कार्यालयका अनुसार बितेको छ वर्षमा अठार लाख ७४ हजार एक सय ३३ किलो जडीबुटी भएको छ । यस अवधिमा निजी आवादी वन क्षेत्रबाट पन्ध्र लाख ३९ हजार ४८७ किलो जडीबुटी निकासा हुँदा राष्ट्रिय वन क्षेत्रबाट जम्मा १७ प्रतिशत अर्थात् तीन लाख ३४ हजार छ सय ४६ किलो मात्रै रहेको सहायक वन अधिकृत भक्तबहादुर चौधरीले जानकारी दिनुभयो ।

यस अवधिमा दाङबाट सबैभन्दा धेरै टिमुर निकासा भएको छ । दुवै क्षेत्रबाट गरी हालसम्म छ लाख ७६ हजार पाँच सय ११ किलो टिमुर निकासा भएको देखिन्छ । गत वर्षमा मात्रै करिब साढे चार लाख किलो जडीबुटी दाङबाट निकासी भएको पाइएको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा राष्ट्रिय वन र निजी आवादी वन क्षेत्रबाट चार लाख ३८ हजार ९५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको छ ।

वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी आवादी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरुपमा छुट गरिएकाले निजी आवादी वन क्षेत्रबाट उत्पादित जडीबुटीको हिस्सा बढी भएको हुनसक्ने वन अधिकृत चौधरीले बताउनुभयो ।

राष्ट्रिय वन तथा निजी आवादी वन क्षेत्रबाट टिमुर, मालागेडी, रिठा, काउलो बोक्रा, दालचिनी बोक्रा, तेजपात, लहरे गुर्जो, अमला, बर्रो, ब्राहमी, फलखोटो, पाषणवेद, तिगेडी, कालिकाठ, अमलवेद, चिराइतो, चुत्रोलगायतका निकासी भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत