सूचना तथा संचारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालकै सबैभन्दा ठुलो इन्स्योरेन्स एग्रिगेटर ‘मेरो बीमा’को औपचारिक उद्घाटन गरेका छन् । सञ्चार मन्त्री कार्कीले आज होटल मेरीयेटमा आयोजना भएको एक विशेष कार्यक्रममा मेरो बीमाको वेवसाइट www.merobeema.com.np को उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, नेपाल राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर नीलम ढुङ्गाना तिम्सिना लगायतको उपस्थिति थियो । त्यस्तै आरविआई इंडिया सेवा समितिका अध्यक्ष डा. अमिताभ राजन, मेगा बैंकका निर्देशक तथा लगानी बोर्डका सदस्य बालकृष्ण सिवाकोटी, मेगा बैंकका निर्देशक तथा पर्यटन बोर्ड सदस्य मदन कुमार आचार्यको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मेरो बीमाका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक डा. विष्णु प्रसाद गौतमले गरेका थिए ।
उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सूचना प्रविधिका प्रमुखको उपस्थिति रहेको थियो । इंडियाबाट विभिन्न पदाधिकारीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा दुई सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ