बुधबार, चैत्र २५, २०८२

हल्का वर्षाले राहत


कान्तिपथ



साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ ।

धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोलाई भने वर्षाले मर्नबाट बचाएको महोत्तरीका किसानको भनाइ छ । पछिल्लो वर्षाले उखु, पहेँलिँदै गरेको तरकारी र फलफूलका यसैपालि रोपिएका बिरुवालाई राहत दिएको बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले बताउनुभयो ।

महोत्तरीमा यसपालि असार मध्ययता राम्ररी वर्षा नहुँदा अपेक्षित धान रोपाइँ हुन सकेको छैन । जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये लगभग ५० हजार हेक्टर धान खेतीका लागि योग्य मानिन्छ ।

जिल्लामा हालसम्म ५० प्रतिशतभन्दा केही बढीमात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र महोत्तरी जलेश्वरले जनाएको छ । अब पनि राम्रो वर्षा भए खरुवन (कलम, पहिलेको रोपो गाँजिएपछि उखेलेर फेरि रोप्ने कार्य) रोप साउनभरि गर्न सकिने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ । जिल्लाका कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमात्र सिञ्चित हुँदा यहाँको खेती आकाशे पानीकै भरमा हुन्छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत