बुधबार, बैशाख ३०, २०८३

तरकारीको ट्रकमा ६ बोरा गाँजा : छिन्ताङका राई पक्राउ


कान्तिपथ


संखुवासभाबाट तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ ।

बन्दागोभी बोकेको प्र १–०२–००१ ख नम्बरको मिनी ट्रकलाई प्रहरीले शनिवार बिहान जोगवनी ढाटमा रोकेर चेक जाँच गर्दा बन्दागोभीको बोरामुनि लुकाएर राखेको अवस्थामा ६ बोरा गाँजा (१५६) केजी बरामद भएको हो ।

ट्रक चालक धनकुटा सहिदभूमी गाउँपालिका ३ छिन्ताङका विवेक राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा राखिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत