बुधबार, बैशाख ३०, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • राजधानीमै बिहान ३ बजे महिलाको हातखुट्टा बाँधेर डकैती, पाँच जना पक्राउ

राजधानीमै बिहान ३ बजे महिलाको हातखुट्टा बाँधेर डकैती, पाँच जना पक्राउ


कान्तिपथ


राजधानी शहर काठमाडौंको चाबहिलमा खाजा होटल चलाउदै गर्दै आएकी एक महिलालाई हातखुट्टा बाँधेर नगद तथा सामान डकैती गरेको अपराधमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । चाबहिल ७ सरस्वतीनगरमा खाजा होटल ब्यबसाय चलाउदै आएकी धरानकी भीमकुमारी लिम्बुले साउन ८ गते बिहान ३ बजे कुकुरलाई दिसा गराउन होटलको शटर खोलेकी थिइन् । सोही समय तीन जना सटरभित्र प्रवेश गरी भीमकुमारी लिम्बुको हातखुट्टा बाँधेर डकैती गरेको प्रहरीले जनाएको छ ।

लिम्बुलाई बिहान उनकै होटलको शटर भित्र हातखुट्टा कपडाले र मुखमा टेप बाँधी कुटपिट गरी सुनको सिक्री, कुण्डल, फुली, औंठी र नगदलगायतका धनमाल डकैती गरेका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि प्रहरी वृत्त गौशाला, बौद्ध, मालीगाउँबाट प्रहरी टोली परिचालन भई अनुसन्धान सुरु भएको थियो ।

पक्राउ पर्नेमा मकवानपुर छतिवन ४ घर भई चाबहिल सरस्वतीनगर बस्ने २४ वर्षीय उत्तम तामाङ, गोकर्णेश्वर ६ जोरपाटी बस्ने २२ वर्षीय भूपाल श्रेष्ठ, सिन्धुपाल्चोकका २४ वर्षीय कविरजंग कुँवर, सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षीय कल्याणकुमार सुवेदी र सिन्धुपाल्चोक तौथली घर भएका ४५ वर्षीय बुनु श्रेष्ठ छन् । बुनु श्रेष्ठले सिधै डकैति अपराधमा संलग्न नरहेको र उनले उक्त गिरोहबाट सुनको सिक्री किनेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत