शनिबार, बैशाख १, २०८१

अर्थमा फर्किदै जनार्दन : साँझ राष्ट्रपतिको कार्यालयमा शपथ


कान्तिपथ


अर्थमन्त्री पदमा पुनः जनार्दन शर्मा नै फर्किने भएका छन्। साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

अर्थमा जनार्दन शर्मा फर्किनुहुन्छ’, उनले भने, ‘साँझ शपथ हुनेछ।’ बजेट बनाउँदा अनधिकृत व्यक्ति प्रवेश गराएको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए।

उनीबारे छानबिनका लागि संसदीय छानबिन विशेष समिति गठन गरिए पनि उसले शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको थियाे। त्यसपछि शर्मालाई नै पुन: अर्थमन्त्री पदमा फर्काउन लागिएको हाे।

उनी प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि अर्थमन्त्रालयमा फर्किन तयार भएको स्रोतले जनाएको छ।

शर्मालाई अर्थमा फर्काउन प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सहमति भएको थियो। त्यसका लागि प्रचण्डले आफ्नो पार्टीभित्र पनि छलफल गरेका थिए। शर्माले पनि खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग आइतवार बिहान छलफल गरेका थिए। आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा उनको शपथ कार्यक्रम राखिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत