शुक्रबार, बैशाख ४, २०८३

हिमाल दोलखाको शेयर कारोबारमा रोक


कान्तिपथ



नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबारमा रोक लगाएको छ । नेप्सेले शेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद शेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई हकप्रद शेयर दिने प्रस्ताव गरेको हो ? भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ ।

सो कम्पनीले सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराई शेयर मूल्यमा प्रभाव पारेको देखिन आएको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत