शुक्रबार, अशोज २१, २०७९

२५ दिनपछि फेरी अर्थ मन्त्रालय फर्किए जनार्दन शर्मा


कान्तिपथ


जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेकाे सितल निवासले जनाएकाे छ। संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी समाल्न लागेका हुन्।

२९ असार २०७८ मा अर्थमन्त्री बनेका शर्मामाथि १४ जेठ २०७९ मा बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालय लगेर करका दर हेरफेर गरेको आरोप लागेको थियो।

त्यसबारे छानबिन गर्न समिति बनेकै दिन २२ असारमा शर्माले पदबाट राजीनामा दिएका थिए। छानबिन समितिले शर्मालाई लागेको आरोपबाट सफाइ दिएको थियो।

१७ दिन लामो छानबिनपछि संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आइतबार पुनः अर्थको जिम्मेवारी सम्हाल्दैछन्। पुनर्नियुक्तिपछि आइतबार साँझ राष्ट्रपतिको कार्यालय शीतल निवासमा उनको शपथ कार्यक्रम राखिएको छ।

संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुन: अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत