आइतवार, अशोज ९, २०७९

अर्थमन्त्री सिंहदरबार आएपछि पोखरा हिंडे अर्थसचिव


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा पुन: नियुक्ति दिएका हुन् ।

शर्माको मन्त्रालयमा २५ दिनपछि पुनरागमन भएसँगै अर्थसचिव मधु मरासिनी भने पोखरा हिँडेका छन्। शर्माले राजीनामा दिने दिन असार २२ गते मरासिनी बिदामा बसेका थिए। उनी अर्थमन्त्रीका कारण आफूसमेत विवादमा परेको भन्दै नर्फकने मुडसहित बिदामा बसेका थिए।

उनले उक्त कुराको जानकारी मुख्यसचिव शंकरदास वैरागीलाई पनि गराएका थिए। तर, सोही दिन शर्माले प्रतिनिधि सभामा राजीनामा दिएपछि असार २३ गते पुन: मरासिनी अर्थमन्त्रालयमा उपस्थित भएका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत