पदभार ग्रहणपछि अर्थमन्त्रीले के भने ?


कान्तिपथ


अर्थमन्त्री जनार्दन शर्माले आफूले ल्याएको बजेट कार्यान्वयन गर्ने अवसर पाएकोमा गठबन्धनका नेताहरूलाई धन्यवाद दिएका छन् । आज मन्त्रालयमा दोस्रो कार्यभार सम्हाल्दै शर्माले आफ्नो ध्यान चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा केन्द्रित हुने बताए ।

“चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्न अवसर दिनुभएकोमा प्रधानमन्त्री, मेरा अध्यक्ष प्रचण्ड र गठबन्धन दलका नेताहरूलाई धन्यवाद दिन चाहान्छु,” उनले भने, “मेरो गत वर्षका बजेटमा हाम्रो कहाँ कहाँ कमजोरी भयो त्यसलाई समीक्षा गरेर हामी यो वर्षको बजेट कार्यान्वयनमा जुट्नेछौँ ।”

त्यस्तै यो वर्षको बजेट बजेट उत्पादन वृद्धि, आयात प्रतिस्थापन र विदेशी विनिमय सञ्चितिमा वृद्धि गर्नतर्फ केन्द्रित भएको पनि उनको भनाइ थियो ।

शर्मालाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए । शर्माले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले ’क्लिन चिट’ दिएपछि उनी फेरि अर्थमन्त्री बनेका हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत