घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ।
उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाई अख्तियारको टोलीले मंगलबार साँझ काठमाडौं महानगरपालिका-१ नागपोखरीस्थित आरन्य होटल कम्पाउन्डबाट ६ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो।
नेपालले घुस माग गरिरहेको भन्ने गोप्य सूचना अख्तियारले पाएको थियो। सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
उनले एक व्यापारीसँग पाराग्लाइडिङ सञ्चालन अनुमति पत्रको लागि घुस मागेको भण्डारीले बताए। उनले चढेको गाडीमाथि खनतलासी गर्दा थप १६ लाख ५० हजार बरामद भएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ