शुक्रबार, अशोज २१, २०७९

बलात्कारको मुद्धा दर्ता गर्ने महिला नै सर्वोच्चबाट पक्राउ


कान्तिपथ


जबरजस्ती करणी मुद्दा दर्ता गराएकी निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालतबाट पक्राउ गरेको छ। आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै आन्दोलनरत राजपूतलाई आइतबार बिहान प्रहरी वृत्त सिंहदरबारको टोलीले अदालत परिसरबाट पक्राउ गरेको हो।

ब्यानर बोकेर निषेधित क्षेत्रमा गएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्। आफूलाई ‘कुमारी आमा’ भनेर चिनाउने राजपूत आफूमाथि शिवराम श्रेष्ठले बलात्कार गरेको भन्दै आरोपितलाई कारबाही गर्नुपर्ने, आफ्नो बच्चाको डीएनए जाँच गर्नुपर्ने मागसहित काठमाडौं माइतीघरमा गत असारमा अनसन बसेकी थिइन्।

सरकारसँग पाँच बूँदे सहमति भएपछि अनसन तोडेकी उनको प्रशासनले कानुनी लडाइँमा आफूलाई सहयोग नगरेको आरोप छ। धनुषा क्षीरेश्वरनाथ नगरपालिका ३ का २२ वर्षीय शिवराज श्रेष्ठले ०७६ कार्तिक ६ गते कोठामा कोही नभएको मौकामा ललाइफकाइ, डर धम्की देखाएर आफूमाथि बलात्कार गरेको आरोप उनको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत