शुक्रबार, चैत्र २७, २०८२

रेलको सम्भाव्यता अध्ययन गर्न विज्ञहरु नेपाल पठाउँछौँ : चीन


कान्तिपथ


चीनले नेपाल-चीन सीमापार रेलको सम्भाव्यता अध्ययन गर्न आगामी डिसेम्बरभित्र नेपालमा विज्ञहरु खटाउने भएको छ। परराष्ट्रमन्त्री नारायण खड्का र उनका चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भएको छलफलमा उक्त सहमति भएको चिनियाँ परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्रमन्त्री खड्का मंगलबारदेखि चीन भ्रमणमा छन्। उनले हिजो चीनको पूर्वी तटीय प्रान्त सान्दोङ्स्थित छिन्दाओ शहरमा स्टेट काउन्सिलर समेत रहेका वाङसँग प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता गरेका थिए।

वार्तामा वाङले केरुङ—रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययनका लागि अनुदान दिने बताएका थिए। त्यसअघि गत चैत दोश्रो साता वाङ नेपाल आउँदा दुई देशबीच रेलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रवक्ता वेनबिनले नेपाल र चीनका परराष्ट्रमन्त्रीबीच हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी नेटवर्क (ट्रान्स हिमालयन बहुआयामिक कनेक्टिभिटी नेटवर्क) निर्माण गर्ने सहमति भएको पनि जानकारी दिए।

नेपाल सन् २०१७ मे महिनामा बीआरआईको साझेदार मुलुक बनेको थियो। तर बीआरआई अन्तर्गत अहिलेसम्म एउटा पनि विकास परियोजना कार्यान्वयनमा आउन सकेको छैन।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत