बुधबार, फाल्गुन ६, २०८२

आजको मौसम : मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा


कान्तिपथ



देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली तथा देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भूभागहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।

हाल देशका अधिकांश भूभागमा आंशिक बदली रहको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भइरहेको छ । रातको समयमा देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत