शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गर्ने नोबल एकेडेमीका शिक्षक पक्राउ

विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गर्ने नोबल एकेडेमीका शिक्षक पक्राउ


कान्तिपथ


प्रहरीले काठमाडौंको नयाँ बानेश्वरस्थित नोबल एकेडेमीबाट एक जना शिक्षकलाई पक्राउ गरेको छ । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महानगरीय प्रहरी वृत्त वानेश्वरले पक्राउ गरेको हो ।

कक्षा १२ मा पढ्दै गरेकी एक विद्यार्थीलाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले सोमबार बिहान कलेज परिसरमा आन्दोलन गरेपछि प्रहरीले ती शिक्षकलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूले बिहानै देखि नाराबाजी गर्दै आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन् । विद्यार्थीहरूले आन्दोलन गरेसँगै प्रहरीले आरोपित शिक्षकलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय सरोज भट्टराई रहेका छन् । उनी अंग्रेजी पढाउने शिक्षक हुन् । शिक्षकले विद्यार्थीसँग च्याटमा दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत