मङ्लबार, अशोज ११, २०७९

मिटरब्याजमा डामिए एमालेका फुलीवाला सांसद


कान्तिपथ


आइजिपी नभएपछि जागिर छाडेर एमालेको राजनीतिमा लागेका नवराज सिलवाल फेरि अर्काे झमेलामा परेका छन् । मिटरब्याज असुलीको आरोपमा उनीमाथि गृह मन्त्रालयमा उजुरी परेको छ ।

तराईका जिल्लामा मिटरब्याजीले आतंक मच्चाएपछि गृह मन्त्रालयले सहसचिव डा भीष्मराज भुषालको नेतृत्वमा यससम्बन्धि कार्यदल नै बनाएर उजुरी लिइरहेको छ । जसमा देशभरीबाट करिब दुई हजार उजुरी परेको छ । काठमाडौंमा पनि करिब डेढ सय जनाले उजुरी गरेका छन् । स्रोतका अनुसार काठमाडौंमा त्यसरी उजुरी पर्नेमध्ये एक एमाले सांसद सिलवाल हुन् ।

उनीविरुद्ध सिन्धुपाल्चोकका सरोज थापाले उजुरी गरेका हुन् । सापटी लिएको पैसा भन्दा तेब्बर बुझाउँदा पनि आफुहरुको जग्गा खाइदिएको भन्दै उनले सिलवामाथि कारबाहीको माग गरी उजुरी दिएका हुन् । सरोजका बुबा गुनबहादुर थापासँग सिलवालकै ठूलो लफडा चलेको थियो । सिलवाल पदमा हुँदा गुनबहादुरलाई उनले लागुऔषधदेखि बैंकिङ कसुरसम्मका मुद्दा चलाएका थिए ।

राजीनामासँगै सिलवालको मिटरब्याजको विवाद हराएको थियो । अहिले गृह मन्त्रालयले छानबिन थालेपछि फेरि यो विवादमा सिलवाल पर्ने भएका छन् । ललितपुरबाट फेरि चुनाव लड्ने तयारीमा रहेका उनलाई मिटरब्याजको झमेलाले सताउने देखिन्छ ।

त्यसो त सिलवाल मात्र होइन, दर्जनौं प्रहरी अधिकारी मिटरब्याजको धन्दामा रहेको स्रोत बताउँछ । गुन्डा तथा बिचौलियासँग मिलेर धेरै प्रहरीले मिटरब्याजमा पैसा लगाएका छन् ।

रमाइलो त के छ भने गृह मन्त्रालयले गठन गरेको कार्यदलकै सदस्य रहेका केही प्रहरी समेत मिटरब्याजमा पैसा लगाउने गर्दछन् । काठमाडौंका केही ठूला मिटरब्याजीविरुद्ध पनि हाल उजुरी परेको छ । तर, उनीहरुको पहुँच बलियो भएकाले कारबाही हुनेमा शंका व्यक्त गरिएको दृष्टिन्युजले जनाएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत