शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • जिउँदै इँटाभट्टामा मान्छे जलाएर जेलमा रहेका आलम सांसदका लागि सिफारिस

जिउँदै इँटाभट्टामा मान्छे जलाएर जेलमा रहेका आलम सांसदका लागि सिफारिस


कान्तिपथ


जिउँदै व्यक्तिहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् । आलमका छोरा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा राजापुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।

कांग्रेसको रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिको बैठकले बिहीबार आलमको नाम एकल रुपमा सिफारिस गरेको हो । केन्द्रको निर्देशनअनुसार महिलाबाट अन्जु झाको नाम सिफारिस भएको छ । आलम जेलमा रहेकाले झा ले टिकट पौने सम्भावना छ ।

आलममाथि २०६४ सालको चुनावमा विष्फोटक पदार्थ बनाउने क्रममा घाइते भएका आफ्ना कार्यकर्ता तथा भाडामा भारतबाट ल्याएका व्यक्तिलाई पोल खुल्ने डरले भट्टामा हालेर जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

उनी हाल पुर्पपक्षका लागि नख्खु कारागारमा छन् । आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी चढ्दै स्थगित हुँदै आएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत