कार्यालयमा हाकिमको व्यवहारले हैरान भएकी एक महिलाले अन्तमा हाकिमको कार्यालयमै गएर हाकिमलाई कुटेको एक भिडियो वाइरल भएको छ । वीडियोमा ति महिलाले हाकिमको कार्यालयमै गएर भुई सफा गर्ने मोपले हानिरहेको देखन सकिन्छ ।
घटना चाइनाको हेलोङजियाङ प्रान्तको भएको बताइएको छ । भिडियोमा यी महिलाले लगातार हाकिमलाई कुट्छिन्, हाकिमको मुखमा पानी फ्याकीदिन्छिन र त्यहाँ भएका किताबले पनि हाकिमको मुखमा हान्छिन् । ती हाकिम आफ्नो कुर्सीमै बसेर आफू लाई बचाउने प्रयास गरि रहेको देखन सकिन्छ ।
द हिलमा प्रकाशित एक रिपोर्टअनुसार महिलाले आफू लाई हाकिमले ३ पटक अश्लील म्यासेज पठाएको बताएकी छिन् ।उनका अनुसार ती हाकिम अफिसमा अरु कर्मचारीसँग पनि यस्तै म्यासेज गर्ने गर्थे । रिपोर्टका अनुसार वांग नामका यी व्यक्ति गरिबी न्यूनिकरण सम्बन्धी सरकारी एजेन्सीका डेप्युटी निर्देशक थिए । घटनापछि उनलाई बर्खास्त गरिएको छ ।
सिन्ह्वाको रिपोर्टअनुसार जाँचपछि ती व्यक्तिलाई दोषी पाइएको छ । उनी गैर अनुशासित व्यक्ति भएको र उनले आफ्ना सीमा बिर्सिने गरेको ठहर गर्दै यो घटनापछि उनलाई बर्खास्त गरिएको छ । भिडियोको तल हेर्न सक्नुहुनेछ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ