अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयास भएको छ । प्रहरीले उपराष्ट्रपति फर्नान्डेजमाथि बन्दुक प्रहार गरेर हत्या प्रयासको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपितले उपराष्ट्रपतिको हत्या गर्ने नियतले बन्दुक प्रहार गरेको प्रहरीले जनाएको छ ।
बिहीबार राति भएको घटनामा क्रिस्टिना आफ्नो घरबाहिर समर्थकहरूको बीचमा थिइन् । सोही क्रममा एक अज्ञात व्यक्तिले बन्दुक प्रहार गर्न खोजेको देखिन्छ । नजिक भएका मानिसहरूले बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा शरीरमा जोडेर बन्दुक प्रहार गर्न खोजेजस्तो देखिन्छ ।
बीबीसीले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेट डे किर्चनर घरबाहिर समर्थकहरूलाई अभिवादन गरिरहेकी बेला भीडबाट निस्किएको एक व्यक्तिले उनको अनुहार ताकेर हातेबन्दुक देखाएको जनाएको छ । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बन्दुकमा पाँचवटा गोली भरिएको तर चलाउँदा गोली लाग्न असफल भएको बताएका छन् ।
पक्राउ परेका ३५ वर्षीय ब्राजिलियन नागरिक भएको प्रहरीले जानकारी दिएको छ। उपराष्ट्रपति फर्नान्डेज भ्रष्टाचारको आरोपमा मुद्दा खेपिरहेकी छन् । हिजो घटना हुनुअघि उनी अदालतबाट घर फर्किएकी थिइन् । भ्रष्टाचारको आरोप अस्वीकार गर्दै आएकी उनलाई गोली हानेर हत्या गर्नुको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ