चिनियाँ कम्युनिस्ट पार्टीका प्रभावशाली नेता ली चान्सु अर्को साता नेपाल भ्रमणमा आउने भएका छन्। उच्च राजनीतिक र कूटनीतिक स्रोतहरूका अनुसार चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली भदौ २७ गते काठमाडौँ आउने तय भएको हो।
चिनियाँ कम्युनिस्ट पार्टी पोलिटिकल ब्युरोकोे स्थायी समितिका सदस्य ली राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका नेता हुन्। राष्ट्रिय जनकंग्रेस चीनको संसद् हो, जुन चीनको राष्ट्रिय नीति बनाउने मुख्य थलो हो।
सभामुख अग्नि सापकोटाको निमन्त्रणामा चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली नेपाल आउन लागेका हुन्। यद्यपि भ्रमणको औपचारिक घोषणा भइसकेको छैन। चिनियाँ नेता ली तीनदेखि चार दिने भ्रमणमा नेपाल आउन लागेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनभन्दा एक महिनाअघि प्रभावशाली नेता ली नेपाल आउने भएका हुन्। कम्युनिस्ट पार्टी र चीनको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन अक्टोबरमा हुँदैछ।
भ्रमणमा रहँदा लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन्। ली र सभामुख सापकोटाबीच औपचारिक भेटवार्ता हुनेछ। त्यसैगरी नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताले लीसँग भेटवार्ता गर्नेछन्।
साथै चिनियाँ राष्ट्रिय सुरक्षा मन्त्रालयको अनुशासन निरीक्षण र पर्यवेक्षण समूहका पूर्व प्रमुख लियु यान्पिङमाथि पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ । मन्त्रालयमा अनुशासन निरीक्षणका लागि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय आयोगका पूर्वप्रमुख र पूर्व पार्टी समिति सदस्यको जिम्मेवारीमा रहेका लियुले राजकीय र पार्टी विश्वासमाथि गम्भीर घात गरेको अभियोग लागेको हो ।
पार्टीको भावना र सिध्दान्तलाई त्यागेर व्यक्तिगत आय आर्जनमा लिप्त भएका उनले राजनीतिक गिरोहसङ्ग मिलेर आम्दानी गरेको अनुसन्धानबाट खुलेको प्राप्त समाचारमा उल्लेख छ । पदीय दुरुपयोग गर्दै राजनीतिक लाभहानीमा संलग्न भएको,कानून र अनुशासनको उल्लंघन गरेको एवम् सार्वजनिक सुरक्षा शक्तिको दुरुपयोग गर्दै आर्थिक तथा राजनीतिक पुँजी संकलनमा व्यस्त भएपछि चिनियाँ कम्युनिष्ट पार्टीले कारवाही प्रक्रिया अघि बढाएको थियो ।
केन्द्रीय सरकारले घोषणा गरेको अनुशासनका आठ प्रावधानको भावनालाई बेवास्ता गर्दै अवैध रूपमा घरजग्गा कब्जा गरेको, विलाशी जीवन बिताएको, निजी व्यवसायीहरुसँग मिलेमतो गरेको आरोप लागेका लियुमाथि हुने ठूलो कारवाहीबारे पहिल्यै अनुुमान गर्न सकिने बताइएको छ ।
उनले राज्यको नियमविपरित महँगा उपहार स्वीकारेको र विवाह तथा अन्त्येष्टि समारोहमा पैसाको खोलो बगाएको कुरालाई चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताको सबैभन्दा ठूलो कमजोरीको रुपमा लिइएको छ । मन्त्रालयमा पार्टी क्याडरहरूको उपयुक्त छनौट र नियुक्तिमा बेवास्तापूर्ण कार्य गरेको, नियमविपरित अनुचित फाइदाको निम्ति कर्मचारी भर्ना गरेर नैतिक रुपमा भ्रष्ट भएको,विभिन्न व्यापार व्यवसायमा संलग्न भएर अवैध रूपमा ठूलो धन सम्पत्ति बटुलेको कारण उनीमाथि कारवाही गरिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ