शुक्रबार, जेष्ठ १, २०८३

७ महिनाको गर्भसहित प्रेमिकाको हत्या : २ वर्षपछि प्रेमी पक्राउ


कान्तिपथ


प्रेमिकालाई जंगलमा लगेर हत्या गरी फरार आरोपितलाई दुई वर्षपछि पक्राउ गरेको छ । कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई रूपन्देहीबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय, सालझन्डीका अनुसार हत्याको झन्डै २ वर्षपछि अभियुक्त मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा अनुसन्धान थालिएको छ । भदौ १६ मा पक्राउ परेका उनलाई प्रारम्भिक अनुसन्धानपछि सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको बताइएको छ ।

मुराउले अवैध गर्भ रहेपछि ७ महिनाको गर्भसहित ३४ वर्षीय धनकुमारी अर्यालको हत्या गरेका थिए । उनी गुल्मीको साबिक अर्खवाङ गाविस–२ घरभई रुपन्देही तिलोत्तमा नगरपालिका ३ मा बस्दै आएकी थिइन् ।

प्रहरीले २०७७ माघ १० गते सैनामैना नगरपालिका ११ शितलापुर फायर लाइनमा महिलाको शव फेला पारेको थियो । झन्डै २ वर्षपछि महिलाको सनाखत भएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत