शनिबार, अशोज ८, २०७९

क्यानडामा चक्कु प्रहार, १० जनाको हत्या, १५ घाइते


कान्तिपथ


२० भदौ, काठमाडौं । क्यानडाको मध्य सास्काचेवान प्रान्तमा चक्कु प्रहार हुँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

क्यानडाका अलग–अलग १३ स्थानमा श्रृंखलाबद्ध चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट १० जनाको मृत्यु र १५ जना घाइते भएको सेन्ट्रल सस्केचेवान प्रान्तको प्रहरीले जनाएको छ ।

जेम्स स्मिथ क्री नेसनमा आपतकालिन अवस्था घोषणा गरिएको छ । वेल्डनको उत्तर-पूर्वमा रहेको यस सहरमा करिब २,००० बासिन्दाहरू बस्छन्।

हमलामा ३१ वर्षीय डेमिइन स्यान्डर्सन र ३० वर्षीय मिल्स स्यान्डर्सन संलग्न रहेको भन्दै प्रहरीले फोटो सार्वजनिक गरेको छ । उनीहरुको आक्रमणको उद्देश्य खुलेको छैन ।

उनीहरु कालो कार चढेर भागेको र पक्राउ गर्नका लागि खोजी अभियान चलाइएको प्रहरीले जनाएको छ । हतियार बोकेका उनीहरुलाई प्रहरीले खतरनाक भनेको छ ।

त्यसैले प्रहरीले स्थानीयवासीलाई घर भित्रै रहन सूचित गरेको छ । प्रहरीले ट्वीट गरेर भनेको छ, ‘सुरक्षित स्थानबाट बाहिर ननिस्किनुस् र सतर्कताका लागि घरमा अरु कसैलाई आउन नदिनुस् ।’

ट्वीटमा भनिएको छ "उनीहरूलाई सशस्त्र छन र खतरनाक छन, यदि तपाईंले संदिग्ध व्यक्ति वा तिनीहरूको गाडी देख्नुभयो भने, तिनीहरूको नजिक नजानुहोस्, तुरुन्तै क्षेत्र छोड्नुहोस् र ९११ मा कल गर्नुहोस्।"

प्रहरीले चालकहरुलाई पनि कसैलाई लिफ्ट नदिन भनेको छ । प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर चेकिङमा कडाइ गरेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यस आक्रमणलाई भयावह भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले ज्यान गुमाएकाका आफन्तप्रति समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत