शनिबार, अशोज ८, २०७९
  • गृहपृष्‍ठ
  • अपराध
  • मुद्दामा फसाएको आरोपमा माओवादीबाट जितेका गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी

मुद्दामा फसाएको आरोपमा माओवादीबाट जितेका गाउँपालिका अध्यक्षलाई पक्राउ पुर्जी


कान्तिपथ


पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। दुई जना भारतीय नागरिकलाई लागू औषध मुद्दामा फँसाएको आरोप लागेका बैजुलाई जिल्ला अदालत नवलपरासीले पक्राउ पुर्जी जारी गरेको हो। गुप्ता माओवादीबाट निर्वाचित भएका हुन् । दिनुपर्ने रकम हडप्नको लागि गाउँपालिका अध्यक्षले बैजुले रामा र जितेन्द्रलार्ई लागु औषध मुद्दामा फसाएको आरोप छ।

लागुऔषध मुद्दामा गुप्तालाई पक्राउ गर्न प्रहरीले अनुमती मागेकाले अदालतबाट अनुमती दिएको जिल्ला अदालत नवलपरासीका श्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए। असार २२ गते नवलपरासीको रामग्राम नगरपालिका १७ पिपरहियाबाट प्रहरीले भारत मोतिहारी घर भई भुमहीमा कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो।

गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता र पक्राउ परेका रामा गुप्ताले साझेदारीमा कवाड व्यवसाय गर्दै आएका थिए। व्यवसायबाट भएको नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमति बेवास्ता गर्दै गाउँपालिका अध्यक्ष गुप्ताले रकम दिन आलटाल गर्दै आएको रामाका आफन्तले बताएका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत