काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटारमा सोमबार समसाँझै गोली प्रहार गरेर एक व्यवसायीको हत्या भयो। गोली प्रहारबाट सर्लाहीको हरिवन नगरपालिका-२ का ५५ वर्षीय मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको ज्यान गएको हो।
उनको शरीरका विभिन्न भागमा गोली प्रहार भएको थियो। गोठाटारस्थित व्यस्त सडकमा बा६च ५१५२ नम्बरको कारबाट निस्किने वित्तिकै मोहम्मदमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो। मोहम्मदलाई रातो टिसर्ट लगाएका आक्रमणकारीले लखेटी लखेटी गोली प्रहार गरेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ।
उनले तीन दिनअघि आफूलाई सुरक्षा खतरा भएको भन्दै सुरक्षा माग गरेको खुलेको छ। उनले शनिबार गोकर्णेस्वरस्थित जम्मुडाँडा प्रहरी चौकीमा आफूलाई सुरक्षा खतरा भएको भन्दै निवेदन दिएको प्रहरी स्रोतले जनाएको छ।
उनी गोली काण्डमा दोषी ठहरिएर १० वर्ष जेल बसेर तीन वर्षअघिमात्र रिहा भएको खुलेको छ। सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिए अनुसार निजी नम्बर प्लेटको गाडीबाट उत्रिनेबित्तिकै उनीमाथि अज्ञात व्यक्तिले गोली चलाएका थिए।
मोहम्मद पनि १० वर्ष जेल बसेर निस्केको खुलेको छ। २०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवाको गोली प्रहारबाट हत्या भएको थियो। उक्त घटनामा प्रहरीले मोहम्मद र पप्पु गुप्तालाई दोषि ठहर गर्दै पक्राउ गरेर मुद्दा चलाएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ