शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • घुम्न जान पैसा नदिएको भन्दै नगरपालिकाको कार्यालयमा ढुंगामुडा

घुम्न जान पैसा नदिएको भन्दै नगरपालिकाको कार्यालयमा ढुंगामुडा


कान्तिपथ


बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।

करिब ५ सयको संख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए ।

नगरपालिकाभित्र रहेका ३ वटै विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीले शैक्षिक भ्रमणको लागि १०-१० लाख रुपैया आर्थिक सहयोग माग गर्दै एक साताअघि कार्यालयमा लिखित पत्र बुझाएका थिए । तर नगरपालिकको नयाँ बैङ्क खाता संचालनमा नआएकोले विद्यालयमा पैसा पठाइएको थिएन । नगर प्रमुख कलवारले अहिले डेङ्गुको प्रकोप पनि रहेको र बैङ्क खाता पनि नखुलेकाले दसैँपछि विद्यालयमा पैसा पठाउने विद्यार्थीहरुलाई आश्वासन दिएका थिए ।

सोही विषयमा छलफल गर्न नगरपालिकाका कार्यालयमा ३ वटै विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल चलिरहेको अवस्थामा विद्यार्थीहरुले एक्कासी ढुङ्गामुडा गर्दै तोडफोड सुरु गरेका हुन । कचोर्वा माविका प्रधानाध्यापक शम्भुप्रसाद यादवका अनुसार छलफलमा बैङ्क खाता खुलेपछि विद्यालयको आर्थिक अवस्था हेरेर नगरपालिकाले रकम निकासा गर्ने सहमति भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत