बिहिबार, अशोज २०, २०७९

श्रीमतीको हत्या गरेर शेरबहादुर कुलेलाम !


कान्तिपथ


कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा पतीले पत्नीको हत्या तथा छोरीलाई पनि घाइते बनाएर फरार भएका हुन्।

शेरबहादुर मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको कैलाली प्रहरीले जनाएको छ। शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहान घटना घटाइ फरार भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरी घाइते बनाएका छन्। उनको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। शेरबहादुरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत