कैलालीमा बिहीबार बिहान भएको हत्या घटना संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गौरीगंगा नगरपालिका–५ की ३२ वर्षीया ललिता नाम्जाली मगरमाथि कुटपिट गरेर हत्या गरेको आरोपमा उनका श्रीमान् ३४ वर्षीय शेरबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शेरबहादुरलाई गौरीगंगा नगरपालिका–५ अण्डैयाको कोहलपुरबाट पक्राउ गरिएको हो । बुधबार भारतबाट घर फर्किएका नाम्जाली मगरले राति श्रीमतीमाथि कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ