सौतेनी आमा तेतरी देवीको हत्या गरेको आरोपमा उनका सौतेनी छोरा पक्राउ परेका छन् । कलैया उपमहानगरपालिका- ७ रंगपुरका जय किशोर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जय किशोरलाई असोज ७ गते वीरगञ्ज इनर्वाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते साँझ हत्या भएको थियो ।
तेतरी देवीको नागरिकता नबाइदिएको विषयमा विवाद हुँदा घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ