शनिबार, बैशाख ८, २०८१

गैंडाको खागसहित २ जना रुकुमेली गेष्ट हाउसबाट पक्राउ


कान्तिपथ


गैंडाको खागसहित काठमाडौंको गोंगबु बसपार्क क्षेत्रबाट दुई जना पक्राउ परेका छन्। प्रहरी वृत्त महाराजगञ्जका प्रमुख तथा डीएसपी अंगुर जिसीको कमाण्डमा खटिएको टोलीले खागसहित आइतबार बिहान ११ बजे दुई जनालाई पक्राउ गरेको हो।

टोखा नगरपालिका–९ बसपार्कस्थित न्यू रुकुमेली गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरुको विवरण प्रहरीले सार्वजनिक गरेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेहरुमा एक जना महिला र एक जना पुरुष छन्। उनीहरुमाथि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत