एउटी महिला आफ्नै घरको बाथरुममा फसिन् । उनी तीन दिनसम्म आफ्नै घरको बाथरुममा थुनिएकी थिइन् । बाँच्ने आशा गुमाएकी उनले आफ्नो मृत्युपछि परिवारका सदस्यले सम्पत्ति बराबर बाँड्न सकुन् भनेर लिपस्टिकले भित्तामा आफ्नो इच्छा पत्र पनि लेखेकी थिइन् । तर त्यसपछि एउटा चमत्कार भयो।
वास्तवमा थाइल्याण्डमा बस्ने ५४ वर्षीया महिला नुहाउन बाथरुम गएकी थिइन् । नुहाएर उनी बाहिर निस्कन ढोका खोल्न खोज्दा ढोका जाम भयो । चौथो तल्लामा एक्लै बस्ने ती महिलाको चिच्याहट कसैले सुनेन । उनी रातभर सहयोगको लागि चिच्याइ रहेकी थिइन् । त्यसैगरी तीन दिन बित्यो र महिला बाथरुममा फसेर बसिन् । अब उनी निस्कन नसक्ने उनले अनुमान गरे पछि उनले बाथरुमको भित्तामा लिपस्टिकले आफ्नो इच्छापत्र लेखिन्, ताकि उनको मृत्युपछि परिवारले सम्पत्ति बाँडफाँड गर्न सकुन् । यससँगै उनले आफ्ना नजिकका मानिसका लागि भित्तामा अन्तिम सन्देश पनि लेखेकी थिइन् । ५४ वर्षीया महिलाले लेखेकी छिन्– ‘म बाँच्नको लागि धाराको पानी पिइरहेको छु र यदि यो पानी समाप्त भयो भने म मर्छु होला । म
सहयोगको लागि चिच्याएँ, तर कोही आएनन्।’
अगस्ट २२ मा बाथरुममा फसेकी महिला तीन दिन बितिसक्दा पनि बाहिर निस्कन सकिनन् । यस्तो अवस्थामा महिलासँग सम्पर्क नहुँदा परिवारलाई उनको चिन्ता थियो । त्यसपछि महिलाकी बहिनीले प्रहरीलाई सम्पर्क गरिन् । बहिनीका अनुसार उनले सयौं पटक फोन गरिन् तर जवाफ आएन ।
सूचना पाएपछि प्रहरी टोली महिलाको घरमा पुगेको थियो । ढोका तोडेर बाथरुममा हेरेपछि महिला अचेत अवस्थामा फेला परिन् । महिलालाई तत्काल अकस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उपचारपछि डिस्चार्ज गरेका थिए । तीन दिनसम्म पानीको सहाराले मात्र बाँचेका कारण ती महिला अलि कमजोर भइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ