बुधबार, चैत्र २५, २०८२

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा


कान्तिपथ



लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो ।

स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् । यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ । ८० भन्दा बढी परिवारको बस्ती रहेको ढुङ्गाडमा सेती नदीले बस्तीतर्फ कटान सुरु गरेको र स्थानीय सुरक्षित स्थानमा सर्न थालेका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

नदी बस्तीतर्फ आउन थालेपछि स्थानीय बासिन्दा खाद्यान्न तथा बाँसका लगि चाहिने सरसामान नजिकैको शारदा माध्यामिक विद्यायलमा सर्न थालेका हुन् । गत वर्ष कात्तिकमा आएको लगातारको वर्षाले सेती नदी बस्तीमा पसेपछि यहाँ धानबालीमा ठूलो क्षति पुगेको थियो । बैतडीमा बुधबार रातिदेखि लगातार वर्षा भइरहेकाले जिल्लाको जनजीवन प्रभावित भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत