बुधबार, फाल्गुन १६, २०८०

श्रोत नखुलेका २० लाख सहित दुई जना पक्राउ


कान्तिपथ


जनकपुरधाम। स्रोत नखुलेको २० लाख रुपैयाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको ईनारुवा नगरपालिका वडा नंं ६ बस्ने वर्ष २२ आशिष कामद र वर्ष २७ को बजरङ्ग प्रसाद गुप्ता रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनु भएको छ ।

उनीहरुलाई गत मङ्गलवार नै प्र–०१–०२–०४६ प.५६३१ नम्बरको मोटरसाइकलमा सबार भएर जाँदै गरेको अवस्थामा धनुषाको सबैला नगरपालिका वडा नंं १२ रघुनाथपुरको नहर चोकमा चेकजाँच गर्दा कालो रङ्गको झोला भित्र राखेको अवस्थामा २० लाख रुपैयाँ बरामद गरेको प्रहरीले आज सार्वजनिक गर्दै जनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटेको प्रहरी टोली दुवै जनालाई नगदसहित नियन्त्रणमा लिई अनुसन्धान पश्चात् आवश्यक कारबाहीको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाण्डौमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत