शुक्रबार, बैशाख ४, २०८३

लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारतलाई ३८० मेगावाट बेचियो


कान्तिपथ


लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरिएको छ। यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यस्तै २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन देशभित्रको विद्युत उच्चतम माग (पिक डिमान्ड) १३०५ मेगावाट पुग्यो। गत वर्ष लक्ष्मीपूजाका दिन विद्युतको पिक डिमान्ड १२७० मेगावाट मात्र थियो। यस वर्ष ३५ मेगावाट बढी माग भएको हो।

यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरिएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन देशभित्रको विद्युत उच्चतम माग (पिक डिमान्ड) १३०५ मेगावाट पुग्यो। गत वर्ष लक्ष्मीपूजाका दिन विद्युतको पिक डिमान्ड १२७० मेगावाट मात्र थियो। यस वर्ष ३५ मेगावाट बढी माग भएको हो।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन सोमबार साँझ ६ः१० बजे पिक डिमान्ड १३०५ मेगावाट रेकर्ड गरेको हो। प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरूबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाका दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत