काठमाडौं : वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा १८ अर्ब ७५ करोड ६८ लाख १५ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो अघिल्लो वर्षको यसैअवधिको भन्दा ५.९४% ले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ नाफा कमाएका थिए । सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यसको नाफा ४८.७९% ले बढेर १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।
दोस्रोमा नबिल बैंक रहेको छ । नबिलले १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको नाफा पनि १ अर्ब माथि छ । यीमध्ये इन्भेष्टमेन्ट र कुमारी बैंक भने यसैवर्ष एक अर्ब कमाउनेको सूचीमा उक्लिएका हुन् । यसअवधिमा १२ बैंकको खुद नाफा भने घटेको छ । प्रतिकूल परिस्थितिमा पनि समग्रमा वाणिज्य बैंकले नाफा वृद्धि गर्न सफल भएका छन् ।
केही ठूला बैंकहरुको नाफामा भने आकर्षक वृद्धि देखिएको छ । एनआइसी एसिया, नबिल, चार्टर्ड, एभरेष्ट, कुमारी लगायतका बैंकहरुले आकर्षक नाफा वृद्धि गरेका छन् । एनआइसी एसियाको नाफा, इपीएस तथा आरओई लगायतका सूचक निकै अब्बल देखिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ