शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • ४४ अर्ब डलरमा ट्विटर किनेपछि एलन मस्कले भने- चरो अब स्वतन्त्र भयो

४४ अर्ब डलरमा ट्विटर किनेपछि एलन मस्कले भने- चरो अब स्वतन्त्र भयो


कान्तिपथ


विश्वकै धनाढ्य व्यक्ति एलन मस्कले सोसल मिडिया कम्पनी ट्विटरको खरिद प्रक्रिया पूरा गरेका छन्।

सन् २००६ मा स्थापनाको भएको ट्विटर मस्कले ४४ अर्ब अमेरिकी डलरमा किनेका हुन्।

ट्विटरको स्वामित्व आफ्नो नाममा आएपछि उनले लेखेका छन्- चरो अब स्वतन्त्र भयो। ट्विटरको लोगोमा एउटा चराको आकार छ। त्यसैलाई संकेत गर्दै मस्कले चरा स्वतन्त्र भएको बताएका हुन्।

स्वामित्व आफूले लिएपछि मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गर्न सुरू गरेका छन्।

मस्कले बिहीबार सिइओ पराग अग्रवालसहित चिफ फाइनान्सियल अफिसर नेड सेगल,  लेगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेडलाई बर्खास्त गरेका हुन्।

मस्कले शुक्रबारसम्म ट्विटर किनिसक्नु पर्ने समयसीमा अदालतबाट पाएका थिए। केही महिनाअघि ट्विटर किन्ने सम्झौता गरेका उनी पछि उक्त सम्झौताबाट हट्न खोजेका थिए। उनको कदमविरूद्ध ट्विटरले अदालतमा मुद्दा हालेपछि अदालतले मस्कलाई अक्टोबर २८ सम्म सीमा दिएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत