शुक्रबार, चैत्र २७, २०८२

इजरायलद्वारा लेबनानसँगको सीमा सम्झौता अनुमोदन


कान्तिपथ


जेरुसेलम । इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज एक विज्ञप्ति निकालेर दुई मुलकबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो ।

लेबनान र इजरायलले गत असोज २५ गते पूर्वीभूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए । उक्त घोषणाको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वागत गरेको छ ।

समुद्री सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै मुुलुक युद्धको अवस्थामा थिए ।

लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका हुन् ।

दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वीभूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत