सोमवार, चैत्र ३०, २०८२

रोल्पा होलेरीको पानीगैरामा बस दुर्घटना ८ जना गम्भीर घाइते  चालक फरार 


कान्तिपथ


रोल्पा I रोल्पा रुण्टीगढी गाउँपालिका होलेरीको वडा नम्बर ८ मा पर्ने मेलटाकुरा देखी दाङको तुलसीपुर तर्फ जादै गरेको रा १ ख ७३८ नम्बरको बस बिहान करिब साढे १० बजेको समयमा बस बाटोमा एक्कासी पल्टिदा ८ जना यात्रु गम्भीर घाइते भएका छन् भने बसमा १५ यात्रु सवार रहेको प्रहरीले जानकारी गराएको छ ।

बस चालक २८ वर्षीय केशव खड्का फरार रहेको र खोजीकार्य भइरहेको र घाइतेहरूको उद्धार गर्नको लागी इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मधुसुधन बिकको कमान्डमा घटनास्थलमा खटिएर यात्रुको उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पा प्रवक्ता प्रकाश भुषालले बताउनु भयो ।

घाइतेहरू 

दाङ तुलसीपुर उप महानगरपालिका वडा नम्बर १८ बस्ने ४५ वर्षीय कलिराम परियार र निजको छोरी  ४ वर्षीय अन्जना परियार तुलसीपुर उप महानगरपालिका  वडा नम्बर १९ बस्ने ४५ वर्षीय चुर्ण थापा त्यसैगरी रोल्पा रुन्टिगढि गाउँपालिका वडा नम्बर ८ बस्ने २९ वर्षीय  गौसरा पुन सोही गाउँपालिका बस्ने १५ वर्षीय भावना परियार, ३६ वर्षीय मन कुमारी दमाई ७ वर्षीय सन्जु परियार ६ वर्षीय  गिता पुन लाई उपचारको लागी राप्ती प्रादेशिक  अस्पताल तुलसीपुर दाङमा भर्ना गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत