शुक्रबार, जेष्ठ १, २०८३
  • गृहपृष्‍ठ
  • अपराध
  • १२ वर्ष कैद माग गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै

१२ वर्ष कैद माग गर्दै सन्दीपविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै


कान्तिपथ


सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै सर्वोच्च अदालतम मुद्दा दर्ता हुने भएको छ। बलात्कार मुद्दामा प्रहरी हिरासतमा रहेका लामिछानेविरुद्धको मुद्दा तिहार बिदा सकिएसँगै आज (१४ कात्तिक) मा दर्ता हुने भएको हो। सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणि नेउपानेका अनुसार आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ।

प्रहरीले प्रतिवेदन तयार गरेर बुझाइ सकेको भए पनि अदालतमा पुग्न केही समय लाग्ने भएपछि उनलाई हिरासतमा राख्ने समय थपिएको थियो। पहिलोपटक ७ दिन र दोस्रो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

सन्दीपविरुद्ध प्रहरीमा भदौ २१ गते जाहेरी परेको हो। सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय गर्न प्रहरीको राय छ। कानुनमा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षसम्मका नाबालिगलाई जबरजस्ती करणी गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सन्दीप दोषी देखिएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत