शुक्रबार, चैत्र २७, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • ब्राजिलको राष्ट्रपतिमा कम्युनिष्ट नेता लुइज इनासियो लुला डा सिल्भा निर्वाचित

ब्राजिलको राष्ट्रपतिमा कम्युनिष्ट नेता लुइज इनासियो लुला डा सिल्भा निर्वाचित


कान्तिपथ


ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा पुनः मुलुकको राष्ट्रपति बन्ने भएका छन्। उनी वर्तमान राष्ट्रपति जेयर बोल्सोनारोलाई हराउँदै राष्ट्रपतिमा निर्वाचन भएका हुन्। लुलाले मुलुकमा भएको राष्ट्रपति निर्वाचनमा ५०.८३ प्रतिशत मत पाएका हुन्। बोल्सोनारोले ४९.१७ प्रतिशत मत पाएका छन्।

लुला डा सिल्भाले जनरी २०२३ मा राष्ट्रपति पदको शपथ लिनेछन्। जितसँगै लुलाले विभाजित देशलाई एकजुट बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

वामपन्थी विचारका लुल तीन वर्ष पहिलासम्म भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका थिए। लुलालाई अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले पनि बधाई दिएका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत