सोमवार, चैत्र ३०, २०८२

१६ अर्ब ६६ करोडको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक


कान्तिपथ


नेपाल राष्ट्र बैंकले सोमबार १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ । मंगलबार अर्थात् कात्तिक १५ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो ।

बैंकको सूचना अनुसार आज दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ । ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ छुट्याएको छ भने १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँ छुट्याएको छ ।

यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत