निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीको भारत भ्रमण प्रस्ताव सरकारले अस्वीकृत गरेको छ।
भारतको नयाँ दिल्लीमा हुन लागेको लोकतन्त्र र निर्वाचनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भारतीय निर्वाचन आयोगले पठाएको निमन्त्रणामा आयुक्त भण्डारीलाई पठाउने निर्णय आयोगले गरेको थियो। भ्रमण स्वीकृतीका लागि मन्त्रिपरिषद्मा पठाइए पनि अनुमति नमिलेको हो।
मन्त्रिपरिषदबाट अनुमति नपाएपछि भण्डारी आइतबार नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम स्थगित भएको छ। भण्डारीले आज उक्त कार्यक्रममा आफ्नो प्रस्तुति दिने कार्यतालिका थियो। आयुक्त भण्डारीले अनुमति नपाएपछि आयोगको प्रतिनिधित्व गर्दै सहायक प्रवक्ता रहेका उपसचिव कमल भट्टराई दिल्ली गएका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ